SHARE
अन्नपूर्ण · बुधबार २४ असार २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

अवरुद्ध प्रतिनिधिसभा बैठक (LiVe)

काठमाडौं : विवादपछि १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक फेरि सुरु भएको छ । प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले एमालेका सांसद राजेन्द्रकुमार राईलाई बोल्न रोकेपछि विवाद हुँदा बैठक स्थगित भएको थियो ।बुधबार बैठक सुरु हुनासाथ आकस्मिक समयमा बोल्न सुरु गरेका सांसद राईले सभामुखले तपाईं कान सुन्नुहुन्छ कि हुँदैन’ भनेर अगाडि बढ्न लाग्दा सभामुख अर्याल आक्रोशित बनेका थिए । सभामुखले राईलाई बोल्न नदिने घोषणा गरेपछि एमाले सांसदहरुले उठेर बैठकमा अवरोध गरेका छन्।