सभामुख अर्यालको रुलिङ : सांसद राईको अभिव्यक्ति रेकर्डबाट हटाउनू
काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले एमालेका सांसद राजेन्द्रकुमार राईको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।बुधबार प्रतिनिधिसभा बैठकमा सांसद राईले बैठकमा ‘सभामुखज्यू तपाई कान सुन्नुहुन्छ कि हुन्छ ?’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिपछि विवाद हुँदा स्थगित भएको प्रतिनिधिसभा बैठक पुनः सुरु भएपछि सभामुख अर्यालले सांसद राईले बोल्ने क्रममा प्रयोग गरेका सम्पूर्ण शब्दहरू संसदीय अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन्।
