SHARE
अन्नपूर्ण · बुधबार २४ असार २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

सिंहदरबारमा आउने ज्येष्ठ नागरिक, अपाङ्गता भएका सेवाग्राही र कर्मचारीलाई ह्वीलचियर र सहजकर्ताको व्यवस्था

काठमाडौं : सिंहदरबारभित्रका सरकारी कार्यालयमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र कर्मचारी दुवैको सहज आवागमनका लागि ह्वीलचियर र सहजकर्ताको व्यवस्था सुरु गरिएको छ।अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन र स्थापित कानुनहरूले निर्दिष्ट गरेको नागरिक तथा श्रमिक अधिकारको अक्षरसः पालना गर्दै सरकारले आफ्नो कानुनी एवं नैतिक दायित्वलाई उच्च प्राथमिकताका साथ यो व्यवस्था सुरु गरेको जनाएको छ।