SHARE
अन्नपूर्ण · बुधबार २४ असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

गौशाला नगरपालिकाका मेयर,वडाध्यक्षसहित १३ जनाविरुद्ध मुद्दा दायर

जनकपुरधाम : मञ्जुरीबिना गौशाला नगरपालिकाले ढल निकास गर्न खोजेपछि रोक्न गएका निगौल गाई गौशाला व्यवस्थापन कार्यालय प्रमुख कान्ति कुमारी पाण्डेमाथि कुटपिट तथा दुव्र्यवहारको घटनामा नगरपालिकाको मेयर,वडाध्यक्षसहित १३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।निगौल गाई गौशालाको मञ्जुरी विनै जग्गामा ढल निकास गर्न खाजेपछि रोक्न गएका पाण्डेलाई हातपात गर्दै दुव्र्यवहारको भिडियो सार्वजनिक भएपछि गौशाला नगरपालिकाका नगरप्रमुख, वडाध्यक्ष,नगरप्रहरी समेत गरी १३ जनालाई अपराधीक उपद्रव तथा हुलदंगा शीर्षकमा मुद्दा चलाइएको हो ।