बहराइनस्थित अमेरिकी सैन्य ठेगानामा इरानको आक्रमण
काठमाडौं : इरानी सेनाले बहराइनमा रहेका अमेरिकी सैन्य ठेगानाहरूलाई निशाना बनाएर आक्रमण गरेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार इरानी सेनाको जनसम्पर्क विभागले एक विज्ञप्ति जारी गर्दै बहराइनको 'शेख इसा'बेसमा अवस्थित अमेरिकी ठेगानाहरूमा आक्रमण गरिएको जनाएको हो ।इरानले यो कारबाही दक्षिणी इरानका सैन्य तथा गैर-सैन्य क्षेत्रहरूमा भएका अमेरिकी हमलाहरू र १४ बुँदे समझदारी पत्रको उल्लंघनको जवाफमा गरिएको बताएको छ । सेनाका अनुसार उक्त हमला ड्रोनमार्फत गरिएको थियो ।
