बाह्रकिलोको अवैध संरचना हटाउन सात दिने ‘अल्टिमेटम’
गोरखा : गोरखा नगरपालिका–११ स्थित बाह्रकिलो क्षेत्रको अवैध संरचनाहरु सात दिनभित्र हटाउन ‘अल्टिमेटम’ जारी भएको छ । बुधबार डिभिजन वन कार्यालय, गोरखाले एक सूचना जारी गर्दै बाह्रकिलो बजार क्षेत्र सात दिनभित्र खाली गर्न त्यहाँका व्यपारीहरुलाई अल्टिमेटम दिएको हो । यही असार ३० गतेभित्र संरचना खाली नगरे आवश्यक बल प्रयोग गरिने कार्यालयले चेतावनी दिएको छ ।
