SHARE
अन्नपूर्ण · बुधबार २४ असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

पानी तान्ने कलको तारबाट करेन्ट लाग्दा महिलाको मृत्यु

विराटनगर : मोरङको कटहरी गाउँपालिका–४ नयाँबजारमा करेन्ट लागेर बुधबार बिहान एक जना महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार विराटनगर महानगरपालिका–५ कोचाखालकी २० वर्षीया सञ्जु सहनीको मृत्यु भएको हो ।सहनीलाई कटहरी–४ स्थित माइतीघरमा बिहान ७ः१५ बजेतिर पानी तान्ने मोटरको तारबाट करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । पानीको कल चलाउने क्रममा करेन्ट लागेर सहनीको घटनास्थलमै मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।