SHARE
अन्नपूर्ण · बुधबार २४ असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

भुइँमान्छे भुलेको बजेट

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत जेठ १५ गते संघीय संसद्को‌ संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँबराबरको बजेट पेस गरे। नेपालको बजेट इतिहासमा यो सबैभन्दा ठूलो आकारको बजेट बनेको छ। बजेट ठूलो भएपछि मुलुकका सबै नागरिकका समस्या समेटिएका होलान् भन्ने सामान्य अनुमान लगाउन सकिन्छ। तथापि, आगामी आवको बजेटले केही उच्च एवं मध्यम वर्गलाई सम्बोधन गर्न खोजे पनि निम्न वर्ग र उनीहरूका प्रमुख समस्यालाई भने बेवास्ता गरेको देखिन्छ।