SHARE
अन्नपूर्ण · बुधबार २४ असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

सांसद राईको गुनासो : सभामुखले बोलिनसक्दै माइक काटिदिनु भयो

काठमाडौं : नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले आफूले बोलिरहेको शब्द पुरा नहुँदै सभामुखले माइक काटिदिएको गुनासो गरेका छन् ।प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै एमाले सांसद राईले आफूले माइक काटिनुमा आफ्नो ठिक थियो कि सभामुखको ठिक थियो भन्ने भन्दा पनि आवेगमा माइक नकाटिएको भए हुने बताए । उनले कहिलेकाँही आवेशमा आउँदा समेत समस्या हुने बताए ।