हर्क साम्पाङको कटाक्ष : सरकारकै जस्तो सबैको जीवन चिटिक्क हुँदैन
काठमाडौं : श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले सरकारका मन्त्रीहरुको जस्तो सबैको जीवन ‘चिटिक्क’ नहुने भन्दै कटाक्ष गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद साम्पाङले सरकारको चाहना सबैकुरा चिटिक्कै होस् भन्ने चाहना भए पनि सबैको जीवन चिटिक्कै परेको नहुने बताएका हुन् ।माइतीघरमा आन्दोलनरत दृष्टिविहीनको सन्दर्भ निकाल्दै उनले सरकारले आफू जस्तै अरुलाई चिटिक्क सम्झन नहुने बताए ।
