SHARE
पर्दाफास · बुधबार २४ असार २०८३ ०६:४० AM · 1 मिनेट पढाइ

एमाले सांसद राईले सभामुखलाई कान सुनुहुन्छ कि हुन्न भनेपछि…

नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखप्रति आपत्तिजनक अभिव्यक्ति दिएका छन्। बैठकमा बोल्ने क्रममा सांसद राईले सभामुखलाई सम्बोधन गर्दै, ‘म सभामुखलाई एउटा निवेदन गर्न चाहन्छु, तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न?’ भन्दै प्रश्न गरेका थिए। उनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सभामुखले संसद्को मर्यादा कायम राख्न आग्रह गरे।