अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच भोली वार्ता हुने
अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच भोली आइतबार वार्ता हुने भएको छ । शनिबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन्। तर वार्ता टोलीका अन्य सदस्य आएपछि भोलि वार्ता हुने भएको हो ।
