लरेन्स बिश्नोई गिरोहसहित आपराधिक समूहविरुद्ध कारबाही गर्ने अमेरिकाको घोषणा
अमेरिका : अमेरिकी सरकारी अभियोजकहरूले अमेरिका, क्यानडा र युरोपबाट २४ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको घोषणा गरेका छन् ।उनीहरूमाथि भारतसँग सम्बन्धित तीन वटा संगठित आपराधिक गिरोहसँग आबद्ध रहेको आरोप लगाइएको छ । तीमध्ये लरेन्स बिश्नोई गिरोह पनि समावेश छ । यस अभियानलाई ‘अपरेसन हार्ड बल’ नाम दिइएको छ । यी अभियुक्तमाथि सन् २०२३ मा क्यानडाको ब्रिटिस कोलम्बियास्थित एक गुरुद्वारा बाहिर सिख नेता हरदीप सिंह निज्जरको हत्या गर्ने षड्यन्त्र रचेको आरोप समेत लगाइएको छ ।
