SHARE
अन्नपूर्ण · बुधबार २४ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

प्रतिनिधि सभामा विपक्षी दलको अवरोध कायमै

काठमाडौं : विपक्षी दलहरूले बुधबार पनि प्रतिनिधि सभा बैठकमा अवरोध जारी राखेका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठकको कार्यसूची अघि बढाउन खोजेपछि विपक्षी दलका सांसदहरू आ–आफ्नो सिटबाट उठेर विरोध जनाएका हुन्।विपक्षीको विरोधका बीच सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसकी सांसद प्रमिला कुमारी गच्छदारलाई बोल्न समय दिएका छन्। गच्छदारले प्रधानमन्त्री बालेन्द्र शाहले सीमासम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आफ्नो धारणा राखिरहेकी छन्।