अहंकारको खरानीमा सत्ता !
केही दिनपछि आज बिहानै म फेरि मेरा बालसखाकहाँ पुगें। मलाई राम्ररी थाहा छ– सच्चा मित्र दुःखको बेला र पीडाको समयमा नै चिनिन्छ। उनी अहिले पीडित छन्, दुःखी छन्। मैले ढाडस दिनुपर्छ, उनको पीडामा मलम लगाउनुपर्छ।सच्चा मित्र भएको नाताले, हिजो उनको गलत कदमको मैले विरोध गरेर उनलाई सच्याउन धेरै कोसिस गरेको हुँ। कुनै बेला अलि कडा रूपमा प्रस्तुत भएर पनि उनलाई सुधार्न खोजेकै हुँ। तर, मेरो कुरा पटक्कै नसुन्दा आज उनको यो हविगत भयो। मलाई दुःख लाग्छ।म सरासर उनको कोठाभित्र पसें।
