सरकारको एक्प्रेस गाडी जनता मार्दै र किच्दै नहिंडोस् : प्रमिलाकुमारी गच्छदार
काठमाडौं : प्रतिनिधिसभाकी सांसद प्रमिलाकुमारी गच्छदारले एक्सप्रेस हाइवेमा गुडेको सरकारको गाडीले सर्वसाधरण जनतालाई मार्दै र किच्दै अगाडि बढिरहेको आरोप लगाएकी छिन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद गच्छदारले सरकार लोकप्रियतामा नभई परिणाम दिने गरी अगाडि बढ्नु पर्ने बताएकी छिन् ।उनले सरकारको बोली सुन्दा जनताको सेवक नभई मध्यगुगीन सामन्त जस्तो देखिएको बताएकी छिन् ।
