नदीको नयाँ धड्कन
नेपालको राजधानी काठमाडौंका मुख्य नदीहरू बागमती, विष्णुमती, धोबीखोला र मनोहरालगायतमा वर्षौंदेखि फैलिएको अतिक्रमण हालको सरकारी अभियानले हट्दै गएसँगै, आम जनमानसमा राजधानीको सहरी भविष्यबारे नयाँ चर्चा–परिचर्चा सुरु भएको छ।नदी किनारका सार्वजनिक जग्गा खाली हुँदै जाँदा अब सबैभन्दा महŒवपूर्ण प्रश्न उठेको छ– यी क्षेत्रहरूको सदुपयोग कसरी गर्ने ? उत्तर सहज छ।
