SHARE
अन्नपूर्ण · बुधबार २४ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

एमाले सांसद राईले सभामुखलाई भने–तपाईले पाँच वर्ष संसद चलाउन सक्नु हुन्न

काठमाडौं : नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले सभामुख डोलप्रसाद (डीपी) अर्यालले पाँच वर्ष संसद चलाउन नसक्ने टिप्पणी गरेका छन् ।प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद राईले सभामुख अर्याल बैठक सुरु हुने वितिक्कै आतिएको बताउँदै भने, ‘तपाईको खुट्टी देख्दै थाहा पाइयो, तपाईले पाँच बर्ष संसद चलाउन सक्नु हुन्न ।’एमाले सांसद एक जना सांसदले सभामा कुरा राखिरहेको बेला अर्का सांसदलाई बोल्नका लागि समय दिएको भन्दै पाँच वर्ष सभामुख चलाउन नसक्ने टिप्पणी गरेका हुन् ।