SHARE
अन्नपूर्ण · बुधबार २४ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

सभामुखलाई एमाले सांसद राजेन्द्र कुमार राईले तपाईं कान सुन्नु हुन्छ कि हुन्न भनेपछि....

काठमाडौं : प्रतिनिधि सभा बैठकमा विपक्षी दलको अवरोध जारी रहँदा सभामुख डोलप्रसाद अर्याल र विपक्षी दल नेकपा एमाले सांसद राजेन्द्रकुमार राईबीच भनाभन भएको छ।बैठकका क्रममा राईले सभामुखलाई सम्बोधन गर्दै भने,'म सभामुखलाई एउटा निवेदन राख्न चाहन्छु। तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न?' त्यसको जवाफमा सभामुख अर्यालले राईलाई मर्यादित भाषा प्रयोग गर्न निर्देशन दिए।सभामुखले भने,'माननीय सदस्य,मर्यादामा बसेर बोल्नुहोस्। म माननीय सदस्यलाई योभन्दा अगाडि बढ्न दिन्न।