सभामुखले एमालेका सांसदलाई बोल्न रोकेपछि विवाद हुँदा संसद् बैठक स्थगित
काठमाडौं : प्रतिनिधि सभाका सभामुख डिपी अर्यालले एमालेका सांसद राजेन्द्र कुमार राईले बोल्न रोकेपछि विवाद हुँदा बैठक स्थगित भएको छ। बुधबार बैठक सुरु हुनासाथ आकस्मिक समयमा बोल्न सुरु गरेका सांसद राईले सभामुखले तपाईं कान सुन्नुहुन्छ कि हुँदैन' भनेर अगाडि बढ्न लाग्दा सभामुख अर्याल आक्रोशित बनेका थिए । सभामुखले राईलाई बोल्न नदिने घोषणा गरेपछि एमाले सांसदहरुले उठेर बैठकमा अवरोध गरेका छन्। त्यसपश्चात रास्वपा सांसद टिका संग्रौलाले नियमापत्ति गर्दै सो भनाई रेकर्डबाट हटाउन माग गरेकी थिइन् ।
