SHARE
अन्नपूर्ण · बुधबार २४ असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

पाकिस्तानको कार्गो विमान सम्पर्कविहीन, अरब सागरमा दुर्घटनामा परेको आशंका

पाकिस्तान : पाकिस्तानको एउटा मालवाहक (कार्गो) विमान मंगलबार राति रहस्यमय रुपमा सम्पर्कविहीन भएको छ । विमानमा चालक दलका पाँच सदस्य सवार थिए । यो विमान शारजाहबाट कराँचीतर्फ जाँदै थियो । तर, उडानका क्रममा नेभिगेसन प्रणालीमा समस्या आएपछि यसको हवाई ट्राफिक नियन्त्रण (एटीसी) सँगको सम्पर्क टुटेको थियो । प्रारम्भिक विवरणअनुसार विमान कराँचीको दक्षिण–पश्चिमस्थित अरब सागरमा दुर्घटनाग्रस्त भएको आशंका गरिएको छ । हाल समुद्रमा व्यापक खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको छ ।