SHARE
अन्नपूर्ण · बुधबार २४ असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

सडक छेउको रेलिङमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीचोकमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको ठोरी गाउँपालिका–६ का ४० वर्षीय इश्वर श्रेष्ठ रहेका छन् ।वीरगन्जबाट पथलैयातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०१९ प ६८३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ । बिहान ५ः३० बजे भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक श्रेष्ठ गम्भीर घाइते भएका थिए ।