SHARE
अन्नपूर्ण · बुधबार २४ असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

मेटाले किन बन्द गर्यो भारतको एक लाख ६० हजार फेसबुक–इन्स्टाग्राम अकाउन्ट ?

भारत : फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाले पछिल्लो छ महिनामा भारतमा करिब एक लाख ६० हजार अकाउन्ट हटाएको जनाएको छ । बालबालिकासँग सम्बन्धित आपत्तिजनक सामग्रीबारे बढ्दो चिन्ताका बीच कम्पनीले यो कदम चालेको हो । मेटाका अनुसार बालबालिकाको सुरक्षा कम्पनीको सबैभन्दा ठूलो प्राथमिकता हो । त्यसैले प्लेटफर्ममा हुने शंकास्पद गतिविधिमाथि निरन्तर निगरानी राखिँदै आएको छ र नियम उल्लंघन गर्ने अकाउन्टविरुद्ध कडा कारबाही गरिन्छ ।