कांग्रेस इतर पक्षका नेताको दबाब : ‘एकता नभए नयाँ पार्टी बनाऔं’
काठमाडौं : पार्टी एकता सम्भव नभए वैकल्पिक शक्ति वा नयाँ संगठन बनाउनुपर्ने आवाज कांग्रेसको संस्थापन इतर पक्षमा बलियो बन्दै गएको छ। चुनदेवीस्थित सम्पर्क कार्यालयमा मंगलबार बसेको १४औं महाधिवेशनबाट निर्वाचित उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकमा अधिकांश नेताले अब अलमल नगरी छिटो निर्णय गर्न नेतृत्वलाई दबाब दिएका थिए।बैठकपछि नेता मीनबहादुर विश्वकर्माले पार्टीभित्र एकताका लागि अन्तिमसम्म प्रयास गर्नुपर्ने, तर त्यो सम्भव नभए नयाँ पार्टी बनाउने सुझाव आएको बताए।
