SHARE
पर्दाफास · बुधबार २४ असार २०८३ ०३:४६ AM · 1 मिनेट पढाइ

१४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय

हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा निर्माणाधीन पुल १४ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। हरेक वर्खामा आउने बाढीका कारण सिरहा र धनुषाका हजारौँ नागरिक आवतजावतमा सास्ती भोग्न बाध्य छन्। नदीको बीचमा अधुरा पिलर र खिया लागेका फलामे डन्डी अहिले पनि पुल निर्माण अलपत्र परेको अवस्थाको प्रतीक बनेका छन्।