SHARE
अन्नपूर्ण · बुधबार २४ असार २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

मध्यपूर्वमा फेरि तनाव : अमेरिकाले गर्यो इरानमा शक्तिशाली हवाई हमला

काठमाडौं : हर्मुज जलडमरूमध्यमा व्यावसायिक ट्यांकरमाथि भएको आक्रमणपछि अमेरिकाले इरानमा हवाई हमला गरेको जनाएको छ। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले मंगलबार राति अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष नागरिकले सञ्चालन गरिरहेका व्यावसायिक जहाजमाथिको आक्रमणको जवाफी सैन्य कारबाही सुरु गरिएको जनाएको हो।सेन्टकमले इरानले गरेको आक्रमणलाई अनुचित, खतरनाक तथा युद्धविरामको स्पष्ट उल्लंघन भएको दाबी गरेको छ। व्यावसायिक जहाजलाई निशाना बनाउने कार्यको मूल्य इरानले चुकाउनुपर्ने पनि अमेरिकाले चेतावनी दिएको छ।