नवयुवाको नजरमा सरकारका वाचाः कति पूरा, कति अपूरा ?
किरण अधिकारी/सागर घले। काठमाडौं : प्रतिनिधिसभा निर्वाचनपछि दुईतिहाइ नजिकको सरकार बनाएको वालेन्द्र शाह नेतृत्वको रास्वपा सरकारको १०० दिन पूरा भएको छ। पुराना राजनीतिक दलसँग चिढिएर नयाँ अनुहारलाई छानेका आम नागरिकले थुप्रै आशा र भरोसाका साथ रास्वपालाई मतदान गरेका थिए।चुनावी माहौललाई मध्यनजर गर्दै रविले आफ्नो पार्टीमा अर्का चर्चित तथा काठमाडौंका मेयर वालेन्द्र शाहलाई रास्वपा प्रवेश गराएसँगै आफू र पार्टी दुवैले आम जनताको साथ पाउँदै गए।
