SHARE
पर्दाफास · बुधबार २४ असार २०८३ ०२:३० AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा बैठक बस्दै, अख्तियारको वार्षिक प्रतिवेदन पेस गरिने

प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक बुधबार बिहान ११ बजे बस्ने तय भएको हो । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/०८२ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पैँतीसौँ वार्षिक प्रतिवेदन २०८१/०८२ पेस गर्ने कार्यसूची रहेको छ।