संघीय संसदका तीन संसदीय समितिको बैठक बस्दै
संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिको बैठक बुधबार बस्ने भएको छ। आज कानुन, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो । आज बिहान ९ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको छैटौँ बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने भएको छ ।
