विना अनुमति सञ्चालित स्वास्थ्य संस्थालाई कारबाही गर्न काउन्सिलको तीनै तहका सरकारलाई पत्राचार
नेपाल मेडिकल काउन्सिलले विना अनुमति सञ्चालित स्वास्थ्य संस्थालाई कारबाही गर्न तीनै तहका सरकारलाई पत्राचार गरेको छ। देशका विभिन्न स्थानमा विना अनुमति र न्यूनतम मापदण्ड पूरा नगरी स्वास्थ्य संस्थाहरु सञ्चालन भइरहेको पाइएपछि नेपाल मेडिकल काउन्सिलले त्यस्ता संस्थाहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन तीनै तहका सरकारसँग आग्रह गरेको हो।
