SHARE
अन्नपूर्ण · बुधबार २४ असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

कोलम्बियालाई पेनाल्टीमा हराउँदै ७२ वर्षपछि स्विटजरल्यान्ड क्वाटरफाइनलमा

काठमाडौं : फिफा विश्वकप २०२६ को अन्तिम १६ को अन्तिम खेलमा कोलम्बियालाई पराजित गर्दै स्विट्जरल्यान्ड क्वाटरफाइनल प्रवेश गरेको छ।भ्यानकुभरमा भएको खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै ७२ वर्षपछि फिफा विश्वकपको क्वाटर फाइनल संस्थान बनाउन सफल भएको हो। निर्धारित ९० मिनेटमा दुवै टोलीले कुनै गोल गर्न सकेनन् । नतिजाको लागि खेल अतिरिक्त समयमा लम्बिएको थियो। अतिरिक्त समयमा लम्बिँदा पनि दुवै टोलीले गोल गर्न सकेनन्।