SHARE
अन्नपूर्ण · बुधबार २४ असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

रास्वपाका सांसदलाई लगाम : ‘संसद्मा बोल्नु एक दिनअघि सामग्री पठाउनू’

काठमाडौं : संसद् जनताको आवाज मुखरित हुने थलो हो। तर, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई निर्वाध अभिव्यक्ति दिन रोक लगाउने संकेत गरेको छ। उसले संसद्मा बोल्नुअघि आफूले उठाउने विषयको सामग्री एक दिनअघि सचेतकलाई पठाउन सर्कुलर गरेको छ।प्रतिनिधिसभामा शून्य समय तथा विशेष समयमा प्रस्तुत गर्ने आफ्नो सामग्री अनिवार्य रूपमा सचेतकद्वय क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारलाई एक दिनअगाडि नै पठाउन सांसदहरूलाई सर्कुलर जारी गरिएको छ।