SHARE
अन्नपूर्ण · बुधबार २४ असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

२५ जनाको ज्यान लिने ‘ध्रुवे’ हात्तीको व्यापक खोजी

काठमाडौं  : २५  जनाको ज्यान लिइसकेको ध्रुवे नाम गरेको हात्तीको व्यापक खोजी भइरहेको छ।  धु्रवेले आक्रमण गरी गत शनिबार मात्रै भरतपुर–२३, जगतपुर छेउमा बस्दै आएका   २५ वर्षकी आशिका बोटे र उनका ४ वर्षीय छोराको ज्यान लिएको थियो। घरमा  सुतिरहेको समयमा हात्तीको आक्रमणमा परेकी बोटेसहित धु्रवेबाट मारिनेको  संख्या २५ पुगेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।  बोटेको  परिवार चितवनको माडी, पाँचपाण्डवबाट १० वर्ष पहिला जगतपुरमा बसाइँ सरेको  थियो।