मौलापुरमा अझै गएनन हाकिम : नगरशिक्षकदेखी सुत्केरीसम्म आन्दोलित
काठमाडौं । विकास निर्माणका कार्यलाई तिब्रता दिनुपर्ने समयमा रौतहटको मौलापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन भएको छ । प्रधानमन्त्री वालेन शाहले सुशासनको बर्ष मनाइरहेको र सदाचारको नीतिमा अगाडी बढीरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सुशासन र सदाचारको धज्जी उडाइरहेकी छन् । मौलापुर नगरपालिकामा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरी पठाएको प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरे महिनौदेखी वेपता छन् । तर सामान्य प्रशासन मन्त्रालयले अझै प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा मौलापुरमा सेवाग्राही, लाभावन्ती एवं नगर शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् ।
