SHARE
कालिका खबर · मङगलबार २३ असार २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

विश्वकप भन्दा ठूलो जित : खेलप्रतिको सम्मान

विश्वकपको त्यो हरियो मैदान केवल एउटा खेल खेल्ने ठाउँ होइन। त्यो त करोडौँ मानिसका सपना, प्रार्थना, पसिना र भावनाको यस्तो रंगमञ्च हो, जहाँ ९० मिनेटको खेलका लागि मानिसहरू आफ्नो पूरा जिन्दगी दाउमा लगाइदिन्छन्। त्यहाँ जब एउटा रेफ्रीको सिट्टी बज्छ, तब केवल खेल सुरु हुँदैन, धर्तीका कयौँ कुनाहरूमा ढुकढुकीहरू रोकिन्छन् र कयौँ आँखाहरू आशाले रसाउँछन्। कुनै टोलीले इतिहास रच्छ, कुनै टोली इतिहासको पानामा आँसु बनेर पग्लिन्छ। यो फुटबलको अकाट्य नियम हो।