बारामा रुखले थिचेर एक जनाको मृत्यु
सिमराः बाराको सुवर्ण गाउँपालिकामा रुख काट्ने क्रममा थिच्चिएर मंगलबार एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सुवर्ण गाउँपालिका-१ रामटोल बस्ने ५५ वर्षीय जोखन महरा रहेका छन्।सुवर्ण गाउँपालिका–२ सनफुलवामा रुख काट्ने र टुक्राउने क्रममा सो दुर्घटना भएको हो। बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार सुवर्ण गाउँपालिका-३ संतगजका शिवधारी पण्डितको जग्गामा रहेको पकडको रुख काट्ने क्रममा महरालाई अर्को रुखले थिचेको थियो।
