इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई.एमएएस-५ अब नेपालमा
काठमाडौंः नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार–विजेता प्रोटोन ई.एमएएस-५ नेपालमा छिट्टै सार्वजनिक हुने भएको छ। पूर्ण रूपमा विद्युतीय यो कम्प्याक्ट एसयूभीले आधुनिक प्रविधि, स्मार्ट सुविधा तथा विश्वस्तरमा प्रमाणित गुणस्तरमार्फत नेपाली ग्राहकलाई उत्कृष्ट सवारी अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।पूर्ण रूपमा विद्युतीय कम्प्याक्ट एसयूभीका रूपमा विकसित ई.एमएएस ५ आधुनिक चालकहरूको बदलिँदो आवश्यकता मध्यनजर गर्दै तयार गरिएको हो।
