नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री खाँड दोषी ठहर (फैसलाको पूर्ण पाठ)
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका नेता टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सुनुवाइ गर्दै उनीहरूलाई दोषी ठहर गरेको हो।अदालतले कांग्रेस नेता खाँडलाई ठगी तथा संगठित अपराध कसूरमा मतियार रहेको ठहर गरेको छ।
