SHARE
अन्नपूर्ण · मङगलबार २३ असार २०८३ १०:०० PM · 1 मिनेट पढाइ

इनड्राइभ नेपालले ल्यायो ‘आफ्नै रोजाइको भाडा। यहाँ मात्र।’

काठमाडौं : विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा ‘आफ्नै रोजाइको भाडा। यहाँ मात्र।’ भन्ने मूल सन्देशसहित नयाँ प्यासेन्जर ३६०° क्याम्पेन सुरु गरेको छ। जुन २०२६ देखि सुरु भएको यो क्याम्पेन सेप्टेम्बरसम्म काठमाडौं केन्द्रित रहनेछ।पारदर्शी भाडादर, यात्रुको छनोटको अधिकार र सहज शहरी आवागमनलाई प्रवर्द्धन गर्ने उद्देश्यले क्याम्पेन सञ्चालन गरिएको कम्पनीले जनाएको छ।