SHARE
मकालु खबर · मङगलबार २३ असार २०८३ ०३:२४ PM · 1 मिनेट पढाइ

भुटानी शरणार्थी प्रकरणः बाबु दोषी ठहर, छोरालाई सफाइ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी र रामबहादुर थापा बादलका छोरा प्रतिक थापाले सफाइ पाएका छन् । जिल्ला अदालत, काठमाडौँले मंगलबार यस मुद्दामा फैसला सुनाएको हो । यस प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ दिएको हो ।