गण्डकी प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा प्रा डा न्यौपाने नियुक्त
काठमाडौं । गण्डकी प्रदेश सरकारले गण्डकी प्रज्ञा-प्रतिष्ठानको कुलपतिमा प्रा डा कुसुमकुमार न्यौपानेलाई नियुक्त गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्वतको पैयुँ गाउँपालिका स्थायी घर भएका प्रा डा न्यौपानेलाई आज चार वर्षका लागि कुलपतिमा नियुक्त गरेका हुन् । प्रा डा न्यौपाने पृथ्वीनारायण क्याम्पसको नेपाली विभागका पूर्वविभागीय प्रमुख हुन् ।
