SHARE
अन्नपूर्ण · मङगलबार २३ असार २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

शुक्रबारदेखि तिब्बती नाका रुइला र ङुइला खुल्ने

गोरखा : सधैं बन्द रहने उत्तरी गोरखा र तिब्बत बीचको नाका आउँदो शुक्रबारदेखि खुल्ने भएको छ। चुमनुब्री गाउँपालिका वडा नं. १ मा रहेको रुइला नाका र वडा नं. ७ मा रहेको ङुइला नाका आउँदो शुक्रबारदेखि खुल्ने त्यहाँका जनप्रतिनिधिहरूले जानकारी दिएका छन्।ती नाकाहरू चिनियाँ सरकारले बर्षमा एकफेर एकतर्फी रूपमा खुलाउँछन्। एक महिनादेखि तीन महिनासम्म सीमित समयका खोलेर एकतर्फी रूपमै बन्द गर्ने वडाध्यक्षहरूको भनाइ छ।