नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी दोषी ठहर
काठमाडौं : काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएकालाई कसुर ठहर गरेको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले कसुर ठहर गर्दै अलग्गै पेशी तोक्न आदेश दिएको हो। नेपाली नागरिकहरूलाई भुटानी शरणार्थीका रूपमा अमेरिका पठाइदिने प्रलोभनमा करोडौं ठगी गरेको अभियोगमा २०८० जेठ १० गते ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो। उनीहरूविरुद्ध ठगी,लिखत किर्ते र राज्यविरुद्ध तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो।
