SHARE
मकालु खबर · मङगलबार २३ असार २०८३ ०२:२८ PM · 1 मिनेट पढाइ

सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा: सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा रहेको बताएका छन् । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ केन्द्रीय समितिका पदाधिकारी एवं केन्द्रीय सदस्यहरुसँगको आजको भेटमा उनले सूचनाको हक संरक्षण र संवर्द्धनमा मन्त्रालयले काम गरिरहेको जानकारी गराए ।