‘राइडरले ट्राफिकलाई मात्र दोष दिएर हुँदैन, आफ्ना कमजोरी पनि सच्याउनुपर्छ’
‘सुरक्षा हाम्रो जिम्मेवारी, सेवा हाम्रो पहिचान’ भन्ने नारासहित स्वतन्त्र चालक फाउण्डेशन नेपालले राइडरहरूलाई लक्षित गर्दै ट्राफिक सचेतना अभियानलाई निरन्तरता दिएको छ । उपत्यका र उपत्यका बाहिर विभिन्न स्थानमा सञ्चालन भइरहेको अभियानअन्तर्गत मंगलबार काठमाडौंको बालाजु बसपार्क क्षेत्रमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।
