SHARE
अन्नपूर्ण · मङगलबार २३ असार २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

फोनपेले ‘चेकआउट बाई फोनपे’ सार्वजनिक गर्यो, पहिलो मर्चेन्टको रूपमा फास्टोमा सेवा सुरु

ललितपुर : फोनपेले ‘चेकआउट बाई फोनपे’ नामक नयाँ अनलाइन भुक्तानी समाधान सार्वजनिक गरेको छ। मोबाइल एप तथा वेबसाइटमार्फत किनमेल गर्ने ग्राहकहरूका लागि इ–कमर्स भुक्तानीलाई अझ छिटो, सहज र सुविधाजनक बनाउने उद्देश्यले यो समाधान विकास गरिएको हो।इ–कमर्सको विस्तारसँगै ग्राहकहरूले भुक्तानी प्रक्रिया पनि किनमेल अनुभवजत्तिकै सहज हुने अपेक्षा गर्न थालेका छन्।