अधिकार प्रयोगको सम्बन्धमा महिला आयोग ‘निरीह’ बन्नुहुँदैन: सांसदहरू
काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूले राष्ट्रिय महिला आयोगको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको मङ्गलवारको बैठकमा बोल्दै उनीहरूले यस्तो धारणा राखेका हुन् । महिला आयोगले सिफारिस मात्र गर्ने तर सिफारिस कार्यान्वयनको अवस्थाबारे अनुगमन नगर्ने कार्यले आयोग निरीह भएको महसुस हुन थालेको उनीहरूको भनाइ छ ।
