SHARE
मकालु खबर · मङगलबार २३ असार २०८३ ०१:३७ PM · 1 मिनेट पढाइ

स्थानीय सरकार गैरदलीय हुनुपर्छ: महिला आयोग

काठमाडौँ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले स्थानीय सरकार गैरदलीय हुनुपर्ने तर्क गरेकी छन् । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको मङ्गलवारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले स्थानीय सरकार नागरिकको आँगनको अदालत भएको कारण राजनीतिक रङ्गबाट मुक्त गर्नुपर्नेमा जोड दिएकी हुन् ।