लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
काठमाडौं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले आन्तरिक कार्यविधि पारित गरेको छ । समितिको आजको बैठकले परिमार्जनसहित उक्त कार्यविधि पारित गरेको सचिव एकराम गिरीले जानकारी दिए । बैठकमा समितिअन्तर्गत विभिन्न उपसमिति गठनसम्बन्धमा पनि छलफल भएको थियो । समितिको कामकारबाहीमा सहजीकरणका लागि पाँच उपसमिति गठनको प्रस्ताव गरिएको छ ।
