SHARE
अन्नपूर्ण · मङगलबार २३ असार २०८३ ०७:०१ PM · 1 मिनेट पढाइ

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडौं : सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश, बर्दियाको बाँसगढी नगरपालिका-५ अवस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई आवश्यक ब्रेल शैक्षिक सामग्री उपलब्ध गरेको छ। उक्त सहयोग बैंकको बढैयाताल शाखा मार्फत गरिएको छ। २०४५ सालमा स्थापना भएको उक्त सामुदायिक विद्यालयमा करिब १ हजार २०० विद्यार्थी अध्ययनरत रहेका छन्। जसमध्ये २० जना दृष्टिविहीन विद्यार्थीहरूले ब्रेल सामग्रीको सहायताबाट अध्ययन गर्दै आएका छन्।